नटिङ्घमले बनायो टि–२० क्रिकेटको पावरप्लेमा सर्वाधिक रन बनाउने कीर्तिमान

नटिङ्घमले बनायो टि–२० क्रिकेटको पावरप्लेमा सर्वाधिक रन बनाउने कीर्तिमान




इङ्ल्यान्डको नोट्स आउटलस्ले टि–२० क्रिकेटको पावर प्लेमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको छ।

यसै वर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइटराइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लोरविरुद्ध पावरप्लेमा १ सय ५ रन बनाएको थियो। यो कीर्तिमानलाई तोड्दै नटिङ्घमसायरको टिमले पावर प्लेमा १ सय ६ रन बनाएको छ।

डुरहाम जेट्सविरुद्धको खेलमा एलेक्स हल्सले ३० बलमा ९५ रन बनाएपछि नटिङ्घमसायरले टि–२० को पावरप्लेमा नयाँ कीर्तिमान बनाएको हो। ट्रेन्ट ब्रिजमा भएको खेलमा इङ्लिस प्रारम्भिक ब्याट्सम्यानले ९ छक्का र ९ चौका प्रहार गरेपछि नटिङ्घमले ६ ओभरभित्र नयाँ कीर्तिमान बनाएको हो। २८ वर्षीय हल्स वेष्ट इन्डिजका क्रिस गेलको टि–२० मा छिटो सतक बनाउने कीर्तिमानको नजिक थिए। तर, उनी चुके। गेलले ३० बलमा सतक बनाएका थिए। हल्स ९५ रनमा अाउट भए।

डुरहामले ७ विकेटको क्षतिमा बनाएको १ सय ८३ रनलाई नटिङ्घमले १३ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। डुरहामका स्पिनर क्यामरुन स्टिलले ४ ओभरमा ६० रन खर्चे।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.