आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
खेलका लागि नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल (कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।
युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ।
नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
लिग-२ मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ।