नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सले पहिलो विदेशी खेलाडी भित्र्यएको छ।
विराटनगरले स्कटल्यान्डका ब्याटर जर्न मन्सेलाई भित्र्याएको हो।
स्कटल्यान्डको टोलीबाट लगातार खेलिरहेका उनी आफ्नो विस्फोटक ब्याटिङका कारण चर्चित छन्।
उनले स्कटल्यान्डको तर्फबाट ८१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उच्च स्ट्राइक रेटका भएका उनको अनुभव र आक्रामक खेल शैलीले विराटनगरले आफ्नो टम अडरलाई थप बलियो बनाउने विश्वास गरेको छ।
‘मन्सेको आगमनले टिममा नयाँ ऊर्जा र विश्वस्तरको ब्याटिङ गुणस्तर थपिएको छ। टिमले उनको साथमा उत्कृष्ट प्रदर्शनको आशा गर्छौँ। उनको पावर हिटिङ र खेल बुझ्ने क्षमता हाम्रो रणनीतिमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा टिम विश्वास,’ विराटनगरको भनाइ छ।
यो सिजनको एनपिएल मंसिर दोस्रो सातादेखि हुँदैछ।