सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी-२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन्।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहLबार वर्षाका कारण पहिलो सेमिफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएको थियो।
हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै सिइसी काठमाडौं फाइनलमा प्रवेश गरेको हो।
वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभरको मात्र खेल खेलाइएको थियो।
५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो। ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरे। आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । आसिषले ३ बलमा २ छक्का प्रहार गरे । अभिनाष सिंह १२ रनमा आउट भए । उनले १२ बलमा १ चौका प्रहार गरे। दिपक रोकाया ४ रनमा आउट भए।
सिइसीका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ५ ओभरमा १ विकेट रिटार्यड आउट हुँदै ५७ रन बनायो। ओपनर रित गौतमले २८ रन बनाउँदै रिटार्यट आउट भए। उनले १७ बलमा ३ चौका प्रहार गरे। अर्जुन घर्ती १३ र दिपेन्द्र रावत ८ रनमा नटआउट रहे । अर्जुनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दिपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे ।
दोस्रो सेमिफाइनलमा गण्डकी हिरोज विरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेलेपनि टसमा दुर्भाग्य भयो।
टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो। जसका कारण टसबाट विजेताको निर्णय गरिएको हो।
अत्तरियाका ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसँगै क्रिज पुगेका ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट भएका थिए। विपिनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २० रनमा आउट भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । टेक रावत ११ रनमा नटआउट रहे निश्चल क्षेत्री ९ रनमा आउट रहँदा अर्जुन विक शुन्यमा नटआउट रहे। गण्डकी हिरोजका लागि मिलन बोहोराले ३.३ ओभरमा ३० रन दिदैँ ३ विकेट लिए। नारायण जोशीले १ विकेट लिएका थिए ।
चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गण्डकी र काठमाडौंले उपाधिका लागि भोलि भिड्नेछन् ।