भारतविरूद्धको चौथो टेस्टको चौथो दिनको खेल सकिँदा घरेलु टोली अस्ट्रेलियाको अग्रता ३३३ रनमा पुगेको छ। 
मेलवर्न क्रिकेट मैदानमा दोस्रो इनिङग्स ब्याटिङ गरिरहेको अस्ट्रेलियाले भारतलाई लक्ष्य दिनुअघि चौथो दिनको खेल सकिदा आइतबार ९ विकेटको क्षतिमा २२८ रन जोडेको छ। 
अस्ट्रेलियाका लागि नाथान लियोनले ४१ रन र स्कट बोलान्डले १० रन बनाएर खेलिरहेका छन्। दशौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै दुवै ब्याटर मैदानमा टिक्दा भारतले पाउने लक्ष्य बढिरहेको छ। 
त्यसअघि अस्ट्रेलियाका लागि मार्नस लबुसेन ७० रन र कप्तान पाट कमिन्सले ४१ रन जोड्दा अरू ब्याटर चल्न सकेनन्। 
दोस्रो इनिङग्समा भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिइसकेका छन्। यससँगै उनले टेस्ट क्रिकेटका २ सय विकेट पार गरेका छन्।  
पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४७४ रन र भारतले ३६९ रन जोडेका थिए। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १४० रन जोड्दा भारतका नितिशकुमार रेड्डीले टेस्टमा पहिलो शतक प्रहार गर्ने क्रममा ११४ रन बनाएका थिए। 
पाँच खेलको टेस्ट सिरिजको ३ खेल सकिदा १-१ को बराबरीको स्थितिमा छ।