नेपाल क्रिकेट संघले एलाइट कप दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २१ देखि गर्ने भएको छ।
चार टोलीले भाग लिने प्रतियोगिता वीरगञ्ज र जनकपुरमा हुनेछ भने प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको नामा ‘जय ट्रफी मेन्स एलाइट कप’ नामाकरण गरिएको छ।
‘नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको "जय ट्रफी" लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा पुनर्स्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्यसहित बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ शाहको नाममा नामाकरण गरीएको व्यहोरा जानकारी गराउन चाहन्छु,’ क्यानका प्रवक्ता छुम्बी लामाको भनाइ छ।
पहिलो संस्करणमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमले भाग लिँदैछन्।
नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशबीच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका लिग चरणका खेल दुईदिवसीय तथा फाइनल खेल तीनदिवसीय ढाँचामा संचालन गरिनेछ।
खेल तालिका
पुस २१ र २२ गते – मधेस भर्सेस बामगती (जनकपुर), पुलिस भर्सेस आर्मी (वीरगञ्ज)
पुस २४ र २२ गते – आर्मी भर्सेस बागमती (जनकपुर), मधेस भर्सेस पुलिस (वीरगञ्ज)
पुस २७ र २८ गते - पुलिस भर्सेस बागमती (जनकपुर), आर्मी भर्सेस मधेस (वीरगञ्ज)
माघ १,२, ३ गते – फाइल (लिग चरणका शीर्ष दुई टोली, वीरगञ्ज)