भारतविरूद्धको चौथो टेस्टको पहिलो दिन घरेलु टोलीका शीर्ष ४ ब्याटरले अर्धशतक प्रहार गरेका छन्। 
बिहीबार मेलवर्नमा सुरू भएको टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ६ विकेटको क्षतिमा ३११ रन जोडेको छ। 
खेलमा अस्ट्रेलियाका लागि डेब्यू गरेका ओपनर साम कन्स्टाससहित उस्मान ख्वाजा, मार्नस लबुसेन र स्टिभ स्मिथले अर्धशतक प्रहार गरेका हुन्। 
कन्स्टासले ६० रन जोड्दा उस्मानले ५७ रन र लुबसेनले ७२ रन जोडे। स्मिथ ६८ रन बनाएर खेलिरहेका छन्। 
बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए भने आकाश दिप, रविन्द्र जडेजा र वासिन्टन सुन्दरले १-१ विकेट हात पारेका छन्। 
खेल अस्ट्रेलियाका ओपनर कन्स्टास र भारतका विराट कोलहीबीचको विवादलाई लिएर पनि चर्चामा छ। खेलको १०औं ओभर सकिए लगत्तै कन्स्टास र भारतीय ब्याटर कोहली  झगडामा उत्रिएका थिए। 
भारतका लागि मोहम्मद सिराजले १० औं ओभर बलिङ गरेका थिए। यो ओभरपछि कोन्टास आफ्ना ओपनिङ पार्टनर उस्मान ख्वाजातर्फ अघि बढेका थिए। 
यसैबीच कोहलीले पनि हातमा बल लिए र कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढे।
यसपछि कोहलीको काँध कन्स्टाससँग ठोक्कियो। त्यसपछि  कन्स्टास निकै रिसाए र कोहलीलाई केही कुरा भने।
जवाफमा कोहलीले पनि कन्स्टासलाई केही भने। त्यसपछि उस्मान ख्वाजा हस्तक्षेप गर्न आए। पछि अम्पायर पनि दुई खेलाडीको बीचमा आएका थिए। 
अन्तिम टेस्टअघि सिरिज १-१ को बराबरीको स्थितिमा छ।