सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न १२:३० मा हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ। खेल हेर्नका लागि दर्शकहरू रूख-रूखमा चढेर मनोरञ्जन लिइरहेका छन्।
एनपिएलको फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको थियो। खेल हेर्नका लागि दर्शकहरू खचाखच छन्।
एनपिएलको उपाधि विजेताले १ करोड १० लाख पुरस्कार पाउँदा उपविजेताले ५० लाखमा चित्त बुझाउनेछ।
जनकपुरको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्। नियमित कप्तान अनिलकुमार साह घाइते भएसँगै आशिफले पछिल्लो दुई खेलमा कप्तानी गरेका थिए।
तस्बिरहरू:
-1734763479.jpg)
-1734763479.jpg)
-1734763481.jpg)
-1734763481.jpg)
-1734763480.jpg)
-1734763480.jpg)
-1734763479.jpg)
-1734763479.jpg)
-1734763477.jpg)
-1734763477.jpg)
-1734763477.jpg)
-1734763477.jpg)