भारतको घरेलु क्रिकेट लिगमा छनोट भएपछि सबैको आकर्षणका केन्द्र बनेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले शनिबार उनी अनुबन्धित दिल्ली डेयर डेभिल्सबाट डेब्यू गर्ने भएका छन्।
आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्। दुई दिने नेपाल भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकै दिन उनले खेल्ने मौका पाएका छन्।
जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो। उनले बैंगलोरविरुद्धको खेलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन्।
यसअघि देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा पर्दै शनिबार आइपिएलमा डेब्यू गरेका हुन्।
११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ।
यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरत: छ। उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ। यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ।
फिरोज शाहा कोटला रंगशालामा खेल् सुरू भइसकेको छ। टस जितेर बैगंलोरले फिल्डिङ रोज्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ।सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका हुन्।
सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए।