नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न मन्त्रीसहित समर्थक विमानस्थलमा

त्रिभुवन विमानस्थलमा नेपाली क्रिकेट खेलाडीको स्वागतका लागि पुगेका समर्थकहरू। तस्बिरः निशा भण्डारी


आईसीसी विश्वकप छनोट खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएर घर फर्किएको नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौ समर्थक पुगेका छन्। समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो।

जिम्बावेको हरारेबाट युएई हुँदै काठमाडौ उत्रन लागेको नेपाली टिमको स्वागतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गर्नेछन्।

साथै टिमलाई भब्य स्वागत गर्न समर्थकको पनि बाक्लो उपस्थिति छ।

राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख तलब

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.