चीनको हाङझाउमा जारी एसियाली खेलकुदको करातेको प्रतिस्पर्धामा नेपालले खराब सुरुवात गरेको छ।
पहिलो दिन प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडी पराजित भएका छन्। पुरुष व्यक्तिगत कातामा नेपालका सोनिम मानन्धर पहिलो राउन्डमै पराजित भए।
उनको समूहमा ६ जना खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी पाँचौ भए। यो समूहबाट चार खेलाडी अघिल्लो राउन्डमा पुगेका थिए।
महिला व्यक्तिगत कातामा एलिसा रास्कोटी मगर ८ खेलाडी मध्ये ६ हुँदा अर्को चरणमा पुग्न सकिनन्।
कुमुतेर्फत ७५ केजी तौल समूहमा नेपालका मोहमद अलाम पनि अन्तिम १६ को खेलमा पराजित भए। उनलाई काजकिस्तानका खेलाडीले ५-० ले पराजित गरे। रिपाचेमा उनी किर्गिस्तान खेलाडीसँग १-० ले हारे।