हाङझाउ एसियली खेलकुदअन्तर्गत महिला तथा पुरुष म्याराथनमा नेपाली धावकले खराब खेल देखाएका छन्।
पुरुष म्याराथनमा नेपालका राजन रोकाया १६ जनाले दौड पूरा गर्दा १४औं स्थानमा आए। उनले २ घन्टा २३ मिनेट १७ सेकेन्डमा म्याराथन पूरा गरेका थिए।
पुरुष म्याराथनको स्वर्ण चीनका ही लिले जिते। उनले निर्धारित दूरी २ घन्टा १३ मिनेट २ सेकेन्ड पूरा गर्दै उत्तर कोरियाका धावकलाई २५ सेकेन्डले पछि पारे।
यता महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले दौड पूरा गरेका खेलाडी मध्ये अन्तिम स्थानमा रहिन्। उनी १६ स्थानमा रहदा ३ घन्टा २ मिनेट ३७ सेकेन्डमा दौड पूरा गरिन्।
यो स्पर्धाको स्वर्ण बहराइनकी चेबेची पाउलले २ घन्टा २६ मिनेट १४ सेकेन्डमा पूरा गर्दै जितिन्।