हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे। यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औं सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।
विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन्।
बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे। उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन्।
भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयसाथ दोश्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन्।