हाङझाउ एसियाली खेलकुदअन्तर्गत एथेलटिक्समा शुक्रबार नेपालका दुई खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका सोमबहादुर कुमाल ४ सय मिटर दौडको हिट चरणबाटै बाहिरिए। उनको हिटमा सात जान दौडिएकोमा उनी पाँचौं भए।
कुमालले निर्धारित दूरी ४८.६८ सेकेन्डमा पूरा गरे। उनले दक्षिण कोरिया र कीर्गिस्तानका खेलाडीलाई पछि पारेका थिए।
यो हिटमा जापानका सातो केन्टारो र भारतका मोहमद अजमद पहिलो र दोस्रो हुँदै फाइनल चरणमा पुगे।
यता महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ सफल हुन सकिनन्।
उनी आठ जना दौडिदा सातौं भइन्। उनले निर्धारित दूरी ३८ मिनेट ४०:१५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्।
उनको यसअघिको उत्कृष्ट टाइमिङ ३५ मिनेट ७.९४ सेकेन्ड थियो। साग गेम्सकी स्वर्ण विजेता सन्तोषीले पाकिस्तानकी खेलाडीलाई मात्र पछि पार्न सकिन्।
यो प्रतिस्पर्धा बहइराइनका खेलाडीले स्वर्ण, जापानका खेलाडीले रजत र काजकिस्तानकी खेलाडीले कास्य जिते। बहराइनकी खेलाडीले ३१ मिनेट ४३.७३ सेकेन्डमा निर्धारित दूरा पूरा गर्दा रजत जितेकी जापानकी खेलाडी ७ सेकेन्डले पछि परिन्।