एसियाली खेलकुदअन्तर्गत पाँचौ दिनको खेल जारी रहदा नेपालले क्रिकेट बाहेकका खेलमा जित निकाल्न सकेको छैन।
पुरुष क्रिकेटमा मंगोलियामाथी कीर्तिमानी जित हात पार्नुबाहेक अरु कोहि पनि खेलाडीले जित हात पार्न सकेका छैनन्।
नेपाल स्क्वासको महिला टिममा भारत र कतारसँग समान ३-० ले हार्यो।
इस्पोर्ट्सअन्तर्गत ड्रिम थ्री किमडम-२ समूह खेलमा नेपाल कीर्गिस्तान र भियतनामसँग समान १-० अंकले पराजित भयो।
ह्यान्डबल महिलाको समूह खेलमा नेपाल जापानसँग ६२-१० ले पराजित भयो।
तेक्वान्दोको ८० केजी तौल समूहको अन्तिम ३२ को खेलमा नेपालका अभिषेक बराल अफगानिस्तानका खेलाडीसँग २-० ले पराजित भए। ६८ केजी तौल समूहमा नेपालका वीरबहादुर महरा चाइनिज ताइपेईका खेलाडीसँग २-० ले पराजित भए। यस्तै महिलाको ६७ केजी तौल समूहको अन्तिम १६ को खेलमा नेपालकी इन्दिरा बस्नेत इरानकी खेलाडीसँग २-० ले पराजित भइन्।
टेवल टेनिसको अन्तिम ६४ को खेलमा रुविन महर्जन तथा मिक्स टिममा नेपाल जापानसँग पराजित भए।
पौडीको २०० सय मिटर फ्रिस्टायलमा नेपालका नाजिर हुसेन र १०० मिटर ब्रेस्टस्टोकमा डुवाना लामा हिट चरणबाटै बाहिरिए।
थ्री बाइ थ्री बस्केटबल मा नेपाल काजकिस्तानसँग १७-१० ले पराजित भयो।
बक्सिङमा महिला ५० केजी तौल समूहमा नेपालकि सुष्मा तामाङलाई कागकिस्तानकी खेलाडीले ५-० हराइन् भने ६३ केजी तौल समूहमा भूपेन्द्र थापा ताइपेईका खेलाडीसँग ४-० ले हारे।