नेपाल, बंगलादेश र भारतपछि पाकिस्तान दक्षिण एसियाली खेलकुद आयोजना गर्ने चौथो देश बन्यो। पाकिस्तानले सन् १९८९ मा चौथो साफ इस्लामबादमा आयोजना गर्यो।
यो साफमा नौ खेलमा प्रतिस्पर्धा भएको थियो। स्क्वासमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। यो साफमा भारतले सदा झैै पदक तालिकामा बर्चश्व जमाउदा आयोजक पाकिस्तानले दोस्रो बन्यो। भारतले ६१ स्वर्ण, ४३ रजत र २० कस्य गरी १२४ पदक हात पार्यो। पाकिस्तानले ४५ स्वर्ण, ३३ रजत र ४२ कास्यसहित कुल १२० पकद जितेको थियो।
यो साफमा पनि नेपालको प्रदर्शन खराब रह्यो। नेपालले एक मात्र स्वर्ण जित्दा पदक तालिकामा भुटान र माल्दिभ्सलाई मात्र पछि पार्न सक्यो। नेपालका लागि बक्सर चित्रबहादुर गुरुङले मात्र स्वर्ण जितेका थिए। अघिल्ला तीन संस्करण पदक कुनै न कुनै पदक जितेको फुटबलले चौथो साफमा पदक दिलाउन सकेन। फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाललाई भारतले २–१ गोलले पराजित गरेको थियो।
२–२ वर्षको अन्तरालमा साफ हुने क्रम जारी रहदा श्रीलंकाले १९९१ मा पाँचौ संस्करणको आयोजनाको जिम्मा लियो। कोलम्बोमा भएको पाँचौ साफमा १० खेलमा प्रतिस्पर्धा भयो। यो साफमा पनि भारत नै अग्र स्थानमा रह्यो।
आयोजक श्रीलंका पदक तालिकाको दोस्रो स्थानमा आउन सफल भएको थियो। भारतले ६४ स्वर्ण जित्दा श्रीलंकाले ४४ स्वर्ण हात पारेको थियो। अघिल्लो साफमा दोस्रो भएको पाकिस्तानले २८ स्वर्ण मात्र हात पार्न सफल भयो।
पाँचौ साफमा नेपालले २ स्वर्ण हात पारेको थियो। नेपालका लागि सुटिङमा अनिता श्रेष्ठले स्वर्ण पदक दिलाएकी थिइन्। यसैगरी नेपालले टेबलटेनिसको महिला टिम इभेन्ट्समा अर्को स्वर्ण पदक हात पारेको थियो। नेपाली टेबलटेनिस टिममा नीलम तुलाधर, पूजा थापा, सिजारिन शाह र गीता क्षेत्री थिए। त्यतिबेला नेपालले ८ रजत जितेको थियो।
१९९३ मा छैटौं साफ ढाकामा आयोजना हुँदा बंगालदेश दोस्रो पटक साफ आयोजना गर्ने मुलुक बन्यो। छैटौं साफमा ११ खेलमा प्रतिस्पर्धा भएको थियो। भारतले आफ्नो प्रभाव निरन्तर राख्ने क्रममा ६० स्वर्ण जितेको थियो भने पाकिस्तान २३ स्वर्णमा सीमित बन्यो। श्रीलंकाले २० र आयोजक बंगलादेशले ११ स्वर्ण हात पारे।
यो पनि : यसरी सुरू भएको थियो दक्षिण एसियाली खेलकुद (श्रृखंला- १)
नेपालले भने एक स्वर्ण पदक मात्र जित्न सक्यो। नेपालले ६ रजत र १५ कास्यमै चित्त बुझाउनु परेको थियो।
नेपालले फुटबलमा स्वर्ण पदक हात पारेको थियो। त्यतिबेला नेपाललाई उपाधि जिताउन मणी शाहले उत्कृष्ट प्रदर्शन गरेका थिए।
नेपाली म्याराडोनाको नामले चिनिने शाहले देशलाई स्वर्ण जिताउन उनले अभूतपूर्व खेल प्रदर्शन गरेका थिए बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा। त्यतिबेला फाइनल खेल सकिन दुई मिनेट बाँकी रहँदा नेपाल २-१ ले भारतसँग पछाडि परेको थियो।
तर, यो नतिजा उल्ट्याउँदै उनले नेपाललाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदान गरेका थिए। फाइनलमा उनले फ्रिकिकमार्फत बराबरी गोल गरेका थिए भने पेनाल्टी सुटआउटमा अर्को गोल गरेपछि नेपाल टाइब्रेकरमा ५-४ गोलले विजयी भएको थियो। त्यो गोल अहिले पनि नेपाली फुटबलमा आकर्षक मानिन्छ। उनले भारतका ७ खेलाडीले बनाएको ‘वाल’ तोड्दै फ्रिकिकमार्फत गोल गरेका थिए।
सन् १९९५ मा भारतले चेन्नई शरहमा सातौं साफ आयोजना गर्यो। १४ खेलमा प्रतिस्पर्धा यो साफमा भारतले १६६ स्वर्ण जितेर इतिहास बनाएको थियो। दोस्रो बनेको श्रीलंकाले १६ र तेस्रो भएको पाकिस्तालने १० स्वर्ण हात पारे।
बंगलादेशले ७ स्वर्ण हात पार्दा नेपालले ४ स्वर्ण हात पारेको थियो। सन् १९८४ पछि नेपालले ४ स्वर्ण पहिलो पटक हात पारेको थियो। त्यतिबेला नेपलाका लागि एथ्लेटिक्समा टिका बोगटीले स्वर्ण जित्दा बाँकी ३ स्वर्ण जुडोबाट आएको थियो। जुडोबाट विरबहादुर राना, जितबहादुर चौधरी र रमेश बस्नेतले स्वर्ण पदक जित्न सफल भएका थिए।
सातौं साफ आयोजना भएको चार वर्पछि नेपालले सन् १९९९ मा आठौं साफको आयोजना गर्यो। काठमाडौंमा आयोजना भएको साफमा कराते र तेक्वान्दोलाई पहिलो पटक सहभागी गराइएको थियो। यी दुवै विधामा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो। दुवै विधामा नेपालले १४–१४ स्वर्ण हात पारेको थियो। यस्तै नेपालले बक्सिङबाट २ र पौडीको महिला टिम इभेन्ट्समा पनि स्वर्ण जित्न सफल भएको थियो।
आठौं साफको उद्घाटन समारोह
१२ खेल समावेश भउको साफमा सधैं झैं भारतले सर्वाधिक पदक जित्ने क्रममा १०२ स्वर्ण जितेको थियो। नेपालले पहिलो पटक दोहोरो अंकमा स्वर्ण जित्ने क्रममा ३१ स्वर्ण पदक हात पारेको थियो। नेपाल अंक तालिकमा पहिलो पटक दोस्रो स्थानमा आएको थियो। नेपालले १० रजत र २४ कास्य पदक जितेको थियो।
तेस्रो भएको श्रीलंकाले १६ स्वर्ण र चौथो बनेको पाकिस्तानले १० स्वर्ण हात पारेका थिए। बंगलादेशले २ स्वर्ण जित्दा भुटालने पनि साफ इतिहासमा पहिलो पटक स्वर्ण हात पारेको थियो।
साफमा नेपालका लागि करातेबाट अन्जु हाछेथु (टिम काता), विजय लामा (टिम काता), विना सुवाल (टिम काता), गोपीलाल बंजन (टिम काता), कृष्णा राई (टिम काता), प्रविना लामा (टिम काता), सोना थापा (टिम काता) र तेजु गरुङले स्वर्ण जितेका थिए। यसैगरी विनिता चौधरी, दीपक श्रेष्ठ, ध्वजमान मोक्तान, गंगराम महर्जन, जुनु राई, मीना पाठक, निता राई, प्रिति डंगोल, राजेश श्रेष्ठ, रवि महर्जन र सुरेन्द्रलाल श्रेष्ठले स्वर्ण पदक जिते।
यसैगरी तेक्वान्दोमा अशोक कुमार लामा, बन्दना श्रेष्ठ, दीपक विष्ट, कमलबहादुर क्षेत्री, किशोर श्रेष्ठ, कोशिस खड्का, प्रमिला थापा, राजकुमार राई, रविउज्वल थपलिया, रेनुका रानामागर, जितुजिमी राई, सविता राजभण्डारी, संगिना वैद्य र सीता राई स्वर्ण हात पारे।
बक्सरद्वय प्रकाश थापामगर र रामचन्द्र थापामगरले पनि घरेलु भूमीमा आयोजना भएको साफमा स्वर्ण पदक जितेका थिए।
नयना शाक्य, रुबिना प्रधान, स्तुति सिंह र रुना प्रधान सम्मिलिन पौडी टिमले पनि स्वर्ण जितेको थियो।
फुटबलको भने नेपाल रजत पदकमै सीमित बन्यो। सेमिफाइनलमा माल्दिभ्सलाई २–१ ले हराउँदै नेपाली फुटबल टोली छैटौँ साफपछि पहिलोपटक फाइनलमा पुग्न सफल भयो।
घरेलु दर्शक र मैदानका कारण नेपालले पक्कै स्वर्ण पदक जित्छ भनी चर्चा भएको थियो। खेलको ४४औँ मिनेटमा बंगलादेशले अप्रत्याशित रूपमा नेपालविरुद्ध १–० को अग्रता लियो । मोहमद अलफाजले हाम्रो सामान्य गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। सोहि गोलले नेपाली दर्शकलाई रुवायो र बंगलादेश १–० विजयी भयो।
यो पनि : यसरी सुरू भएको थियो दक्षिण एसियाली खेलकुद (श्रृखंला- १)