मंसिरमा नेपालमा आयोजना हुने तय १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बक्सिङ र पौडीका प्रशिक्षक नेपाल आएका छन्।
नेपाल बक्सिङ संघको निमन्त्रणामा उज्वेकिस्तानबाट नेपाल आएका आइवा प्रथम स्टार कोच एसिसर राखिमोभ बिहीबार नेपाल आइपुगेका छन्।
बक्सिङका प्रमुख प्रशिक्षक प्रशास विदेशी प्रशिक्षक आउँदा सबैमा उर्जा थपिएको बताएका छन्। खेलाडीले नयाँ टेक्निकहरु सक्ने तथा प्रशिक्षकले पनि प्रशिक्षणको बारेमा ज्ञान हासिल गर्ने उनको भनाइ छ।
दश पटकका राष्ट्रिय च्याम्पियन प्रशिक्षक एलिसरले १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए। उनले १९९९ को एशियन खेलकुदमा स्वर्ण जित्दा १९९७ मा रजत हात पारेका थिए।
प्रशिक्षक एलिसरले विश्व प्रोफेस्नल बक्सिङमा समेत स्वर्ण जितेका थिए।
उनले शुक्रबार देखिनै नेपाली राष्ट्रिय बक्सिङ टिम समाल्ने छन्।
त्यस्तै बिहीबारनै नेपाल पौडी संघको निमन्त्रणामा पौडीका लागि भारतबाट प्रशिक्षक सतिस सुरी नेपाल आएका छन्।
भारतको राष्ट्रिय पौडी टोलीमा लामो समयसम्म प्रशिक्षक रहेका सतिस सुरीले १३ औं सागमा सहभागि हुने खेलाडीहरुलाई प्रशिक्षण दिने छन्।