इन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ।
नेपाली टोलीका व्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्कमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै फाइनल यात्र तय गरेको हो ।
नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग भने समान ३ – ० ले नै पराजित भएको थियो।
यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३-१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए।
अमरलाल लाल मल्ल भने पराजित भएका थिए। मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३-० ले पराजित भएको छ।