करेन्ट लगाएर माछा मार्न खोज्दा एकको मृत्यु


खोलामा विद्युतबाट करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एकजनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ग्वारखोलामा रातको समयमा करेन्ट लगाएर माछा मार्दै गर्दा एकजनाको मृत्यु भएको हो।

वडा नं. १८ नयाँ बस्ती निवासी ५३ बर्षीय चित्रबहादुर पहाडी (सार्की)को विद्युत हुकिङ गरि ग्वारखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी राजेन्द्र प्रशाद अर्यालले जानकारी दिए।

पहाडीसँगै करेन्ट लगाएर माछा मार्न अरु थप चारजना गएको भएपनि उनीहरू पानी बाहिरै रहेका कारण बच्न सफल भएको प्रहरीले बताएको छ । दशैंको अवधिमा ग्वारखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अर्का एकजना व्यक्तिको समेत मृत्यु भएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.