सवारी दुर्घटनामा परी एक दम्पत्तिको मृत्यु

सवारी दुर्घटनामा परी एक दम्पत्तिको मृत्यु


सवारी दुर्घटनामा एक दम्पत्तिको मृत्यु भएको छ ।

आइतबार बाँकेको सम्शेरगञ्जमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३० वर्षीय ढकबहादुर केसीको दुर्घटना भएको दिनमै र २९ वर्षीया उनकी श्रीमती सीता केसीको उपचारका क्रममा सोमबार  मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा निवासी केसी दम्पत्ति सवार भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान साढे पाँच बजेतिर काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ५६५३ नम्वरको बसले सम्शेरगञ्जमा ठक्कर दिँदा केसी दम्पत्ति गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते ढकबहादुरको आइतबार  नै मृत्यु भएको थियो भने उनकी श्रीमती सीता केसीको सोमबार बिहान भारतको लखनउमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ढकबहादुर केसी पूर्व शिक्षक हुन् भने सीता केसी शान्तिनगर ३ स्थित बीपी मावि वयाले सिमताराको विद्यालय व्यवस्थापन समितिकी पूर्व अध्यक्ष हन् ।

उनको मृत्युको शोकमा सोमबार  विद्यालय बन्द गरिएको थियो ।

केसी दम्पत्ति शुक्रबार  सुर्खेतमा आयोजित लोकसेवाको परीक्षा दिएर कोहलपुरमा आफन्तकोमा बास बसेका थिए । लोकसेवाको तयारीका लागि ढकबहादुरले शिक्षण पेशा छोडेका थिए ।

केसी दम्पत्तिका एक छोरा र एक छोरी छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.