पासाङल्हामु राजमार्ग खुल्यो 


गएराति अवरुद्ध पासाङल्हामु राजमार्ग खुलेको छ ।

सहायक प्रजिअ स्मिता पौडेलका अनुसार डोजरको सहायताले सडकको पहिरो पन्छाई आज दिउँसोदेखि यातायात सञ्चालन गरिएको हो ।

सडक खुला भएपछि रोकिएका ६० भन्दा बढी सवारीसाधन आफ्ना गन्तव्यतर्फ गइसकेको र नेपाल–चीनको व्यापारिक राजमार्ग एवं पर्यटकीय क्षेत्रसमेत रहेका कारण यातायात नियमित सञ्चालन गराउन स्थानीय प्रशासन अहोरात्र तल्लीन रहेको सहायक प्रजिअ पौडेलले बताए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.