कास्की कारागारमा भाइरल, ५० कैदी बिरामी, एक जना सिकिस्त


भाइरलका कारण कास्की कारागारमा रहेका ५० कैदी एकै पटक बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने र वान्ता आउने भएपछि भाइरलले बिरामी भएका हुन् ।

उनीहरूको पश्चिमाञ्चल अस्पतालमा उपचारका लागि लगेको कारगार प्रमुख हरि प्रसाद गौतमले जानकारी दिए ।

कैदी बिरामीको उपचारपछि उनीहरूलाई जिल्ला कारागार कास्कीमा नै राखिएको उनको भनाई छ । बिरामीमध्ये एक जना सिकिस्त बिरामीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।

लगातारको वर्षासँगै आएको पहिरोको कारण पोखराको पिउने पानी प्रदुषित भएकाेले खानामा फुड पोइजन भएर उनीहरू बिरामी परेको हुनसक्ने चिकित्सकले जनाएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.