रिता फाउण्डेसन गोरखाले विभिन्न क्षेत्रमा उल्लेख्य भूमिका खेलेका ५ जनालाई सम्मान गरेको छ।
गाउँकै प्रथम डाक्टर अहमद रजा मियाँ सम्मानित भए। उनी गोरखा नगरपालिका वडा नम्बर २ गाईखुरका हुन्।
त्यस्तै राजनीतिमा लागेका युवा अविन श्रेष्ठ सम्मानित भए। उनी शहीद लखन गाउँपालिका-८ बुंकोटका हुन्।
गोरखा नगरपालिका-६ पोखराथोककी बाल शिक्षक कमला परियार, धार्चे गाउँपालिका ७ की व्यवसायी अनिता गुरूङ र गण्डकी गाउँपालिका ८ की प्रशिक्षार्थी पत्रकार गरिमा श्रेष्ठ सम्मानित भएका छन्।
विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका खेलेका ऊर्जाशील युवाहरूलाई हालै गोरखामा कार्यक्रम गरी सम्मान गरेको फाउण्डेसनकी अध्यक्ष रिता परियारले जानकारी दिइन्।