महेन्द्र राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

तस्विर ः भिमबहादुर बुढाथोकीको फेसवुकवाट


लगातारको अविरल वर्षापछि सडक खण्ड भत्किएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। शनिबार बेलुका बाँकेको अगैयामा सडक खण्ड भत्किएपछि यातायात ठप्प बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र हजारौं यात्रु अलपत्र परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए।

उनले शनिवार बेलुकादेखि नै उक्त राजमार्ग मर्मतका लागि दाङबाट समेत प्रहरी खटाइएको जानकारी दिए। तर रातभर निर्माण गरिए पनि निरन्तरको वर्षाले फेरि निर्मित सडक स्थानीय खोलाको बाढीले बगाएको डिएपसी तिवारीले बताए।

दाङ खण्डमा महेन्द्र राजमार्गमा कुनै समस्या नरहे पनि बाँकेको अगैयामा राजमार्ग भत्किएपछि यातायात ठप्प बन्न पुगेको तिवारीले बताए। उक्त सडक खण्ड मर्मतको प्रयास जारी रहेता पनि लगातारको वर्षाले गर्दा समस्या भएको प्रहरीले बताएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.