बाढी–पहिरो पीडितको उद्धारमा सेना


सिन्धुलीमा पहिरोले पुरिएका एक जनालाई सेनाले जिवितै उद्धार गरेको छ।

अविरल बर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिकामा आएको पहिरोमा परेकाको उद्धार गर्न चण्डीदल गणबाट टोली खटाइएको हो। सेनाले पहिरोबाट चार जनाको शव निकालेको छ।

बाँकेमा डुबानमा परेकाको उद्धार गर्न सेनाले हेलिकप्टर पठाएको छ। सुनसरी र मोरङमा पनि पीडित स्थानान्तरण गर्न पूर्वि पृतना इटहरीमामा एलुवेट हेलिकप्टर प्रयोग भएको छ।

अविरल वर्षाको कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँके जिल्लाहरुको विभिन्न स्थानमा आएको बाढी तथा डुबानमा परेका ईलाका नजिकै तैनाथ नेपाली सेना खोज तथा उद्धार कार्यमा खटिईरहेका पनि सेनाले जनाएको छ।

खोज तथा उद्धार कार्यमा आवश्यक सामानसहित काठमाडौंस्थित श्री रेञ्जर गणबाट र श्री युद्धभैरब गणबाट ३ वटा उद्धार टोली गरी जम्मा १०० जना गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयार राखिएको सेनाले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.