करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु


करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एकजना युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना निवासी २८ वर्षीय हेमन्त केसीको विद्युतको तारबाट खोलामा माछा मार्न प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

स्थानीय ग्वारखोलामा विद्युतको तार हुकिङ गरी माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । सोमबार रातको सवा १२ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । केसीसँगै माछा मार्न खोलामा गएका अन्य चारजना उनका साथीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.