नयाँ बानेश्वर एभरेष्ट होटल नजिक सवारी दुर्घटनामा एक युवकको मृत्यु

नयाँ बानेश्वर एभरेष्ट होटल नजिक सवारी दुर्घटनामा एक युवकको मृत्यु




नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ ।

अन्दाजी २२/२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान साढे पाँच बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.