बोक्सीको आरोपमा बुहारी कुट्ने जेठाजु पक्राउ

बोक्सीको आरोपमा बुहारी कुट्ने जेठाजु पक्राउ




दाङमा एकजना महिला बोक्सीको आरोपमा आफन्तबाटै कुटिएकी छन् ।
लमही नगरपालिका वडा नं. – ४ चैलाही निवासी ४३ वर्षीया लक्ष्मी विकलाई उनका जेठाजु ४७ वर्षीय कृष्णबहादुर विक, उनकी श्रीमती ४५ वर्षीया के शरी विक र उनका २३ वर्षीय छो रा सन्दिप विकले  बो क्सीको  आरो प लगाउँदै निर्घात कुटपिट गरे का हुन् ।

पीडित विकले उक्त आशयसहितको किटानी जाहेरी वडा प्रहरी कार्यालय लमहीमा दिएपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ परेकाहरूले अभियोग स्वीकार गरेको हुँदा उनीहरूका विरुद्ध बोक्सी आरोप सम्बन्धी मुद्दा चलाएर कानूनी कारबाही थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक नरेश कुमार ढकालले सेतोपाटीलाई बताए । पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय घोराही दाङमा पठाउने तयारी भइरहेको ढकालले बताए ।

आरोपितहरूले यसअघि जेठ १८ गते पनि लक्ष्मी विकलाई बोक्सीको आरोप लगाउँदै तथानाम गालीगलौज र कुटपिटको प्रयास गरेका थिए । पीडित लक्ष्मीले जेठ १८ गते पनि वडा प्रहरी कार्यालयमा आएर आफूलाई जेठानी दिदी, जेठाजुले बोक्सीको आरोप लगाउँदै तथानाम गाली बेइज्जती गरेको किटानी जाहेरी दिएकी थिईन । तर उनका श्रीमान हरि विक लगायत आफन्तको आग्रहमा उनले तत्काल मुद्दा फिर्ता लिएकी थिइन । उनीहरूले मंगलबार पनि निर्घात कुटपिट गरेपछि त्यो अत्याचार सहन गर्न नसकि पीडित विक र उनका श्रीमान् हरि विकले लमहीस्थित वडा प्रहरी कार्यालय लमही पुगेर फेरि किटानी जाहेरी दिएपछि आरोपितहरू पक्राउ परेका हुन् । यसपटक पनि घटनालाई ढाकछोप गर्दै मिलाउने प्रयास भएपनि पीडितले नमानेपछि घटना सार्वजनिक भएको हो ।

छोरा बिरामी भएपछि बोक्सीको आरोप

आफ्नो २३ वर्षीय छोरा सन्दिप विक बिरामी भएपछि बोक्सीको आरोप लगाउँदै उनीहरूले मंगलबार बिहानै ढोका फोरेर सुतिरहेकी लक्ष्मी र उनका श्रीमान् हरिलाई निर्घात कुटपिट गरेका थिए । ‘राति झ्यालबाट आउँछे र छोरालाई आक्रमणको प्रयास गरेको आरोप कुटपिट गर्नेहरूले लगाएका छन् ।’ प्रहरी नायव निरीक्षक ढकालले भने ।

लक्ष्मी विकले पनि लामो समयदेखि जेठाजुको परिवारले बोक्सी भन्दै मानसिक याताना दिँदै आएको , कुटपिट गर्दै आएको कुरा आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन् । ‘कुनै कारणले छोरा बिरामी हुँदा होस् वा वस्तु चौपाया, मै माथि वोक्सीको आरोप लगाउँदै यातना दिँदै आइएको छ ।’ लक्ष्मी विकको भनाई उदृद्ध गर्र्दै प्रहरी नायव निरीक्षक ढकालले भने ‘ कि मलाई बोक्सी भएको प्रमाणित गर्नुहोस हैन भने मलाई बोक्सी भन्नेहरू माथि कारबाही होस भन्ने लक्ष्मीको माग छ ।’ लक्ष्मीका श्रीमान हरि सवारी चालक भएकाले उनी धेरै घरमा बस्न नपाउने हुँदा श्रीमतीको कुरामा त्यति ध्यान दिएका थिएनन् । तर मंगलबार हरिकै अगाडि उनकी श्रीमती लक्ष्मीलाई बोक्सीको आरोप लगाउँदै उनकै दाजु भाउजु र भतिजाले निर्घात कुटपिट गरेपछि बल्ल उनी श्रीमतीका साथ उजुरी गर्न वडा प्रहरी कार्यालय पुगेको बताए । छुटाउन खोज्दा हरिलाई समेत उनका दाजु भाउजुले कुटपिट गरेका थिए ।

कुटपिटबाट लक्ष्मीको शरिरका विभिन्न भाग र टाउको मा घाउ भएको प्रहरीले बताएको छ । उनको उपचार बुधवार लमही अस् पतालमा गरिएको  प्रहरीले जानकारी दिएको छ । कानूनी तह कुनैपनि व्यक्तिलाई बोक्सा/बोक्सीको आरोप लगाउनु जघन्य अपराध मानिन्छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.