कल वाइपासको आरोपमा पाँच पक्राउ


अवैध कलवाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट आज पाँच युवक पक्राउ परेका छन् ।

लामो समयको अनुसन्धानपछि पक्राउ परेका उनीहरुको नाम, थर र ठेगानाबाट अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गोप्य राखिएको छ ।

प्रहरी नायब उपरीक्षक नविनराज राईले कल वाइपासमा पक्राउ परेको पुष्टि गर्दै त्यसमा ठूलो गिरोह संलग्न भएको आशंका गरे । उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.