फेसबुकका सिइओ जुकरवर्ग विश्वकै पाँचौं धनी व्यक्ति


फेसबुकका सिइओ मार्क जुकरवर्ग विश्वकै पाँचौं धनी व्यक्ति बनेका छन्। फेसबुकको सेयर बजार उक्लिदैं एकै दिनमा ४ अर्ब डलर बढी कमाएपछि जुकरवर्ग विश्वका पाँचौं धनीको सूचीमा परेका हुन्।

फोब्र्सका अनुसार हाल जुकरवर्गको कुल सम्पत्ति ७२.७ अर्ब डलर छ। फोब्र्सको पहिलेको धनाढ्य सूचीमा जुकरवर्गभन्दा अघि मेक्सिकन व्यवसायी कार्लोस स्लिम थिए।

फेसबुकको आम्दानी पनि ७१ प्रतिशतल बढेको छ। विज्ञापनमार्फत् कम्पनीले यस वर्ष निकै नाफा कमाउन सफल भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.