टाउकोमा चोट लागेको अवस्थामा व्यक्तिको शव फेला


दाङको घोराहीमा एकजना व्यक्तिको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ तुलसीपुर चोकमा टाउकोमा चोट लागेको अवस्थामा व्यक्तिको शव फेला परेको हो ।

मृतक तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४५ वर्षीय खिमानन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी भूवनेश्वर तिवारीले जानकारी दिए । अधिकारीको शव फेला परेको स्थानमा रगत बगेको देखिएको हुँदा उनको अत्यधिक रक्त स्रावका कारण मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनको हत्या हो कि आफँै लडेर घाइते भई उनको मृत्यु भएको भन्ने सवालमा अनुसन्धान जारी रहेको तिवारीले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.