पाँच थान बन्दुक बरामद

पाँच थान बन्दुक बरामद


प्रहरीले दाङबाट पाँच थान बन्दुक बरामद गरेको छ ।

राजपुर गाउँपालिका वडा नं. ७ को भित्री सिक्टा जंगल क्षेत्रबाट पाँच थान भरुवा बन्दुक बरामद भएको जानकारी दिएको छ । प्रहरी चौकी चङगुवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा गस्ती टोलीले ६/७ जना मानिसको समूह एकनासले बन्दुक सहित जंगलमा हिडिरहेको देखेपछि पिछा गर्दा उनीहरु बन्दुक छोडेर भागेको निमित्त जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

साउन ९ गते दिउँसो साढे ३ बजेको तिर बन्दुक सहित जंगलमा हिडिरहेको उक्त समूह प्रहरी देखेर फरार भएपछि घटनास्थलको वरिपरि खानतलासी गर्दा एकनाले भरुवा बन्दुक पाँच थान, लत्ताको टुक्रा पाँच थान, कपडाको थैली एकथान , बारुद भएको प्लाष्टिकको बट्टा दुई थान, बारुद भएको आल्मुनियमको बट्टा एक थान, सलाईको वट्टा सात थान , ३८ थान भरुवा बन्दुकमा प्रयोग हुने छर्राको एउटा पोको लगायतका अवैध वस्तु फेला परेको निमित्त प्रमुख तिवारीले जानकारी दिएका छन् । प्राप्त भरुवा बन्दुक लगायतका हातहतियार फेला पर्नुले उनीहरु जंगली जनावरको शिकारमा गएका शिकारी भएको हुन सक्ने अनुमान गरिएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.