हिजोआज किसानहरूलाई धान भित्र्याउने चटारो छ।
पाकेको धान काट्न, झाट्न र घरमा भित्र्याउन किसानहरू व्यस्त देखिन्छन्।
अन्यत्र जस्तै काठमाडौं उपत्यका वरपरका किसानहरू पनि हिजोआज आफ्नो खेतको धान भित्र्याउन व्यस्त छन्।
ललितपुरको खोकना वरपरको क्षेत्रमा रहेका खेतमा यतिबेला किसानहरू धान काट्न, बोक्न र भित्र्याउन व्यस्त छन्।
तस्बिरहरू: