'दलितलाई खै' अभियानका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
बिहीबार काठमाडौंका माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्नेछन्।
४४ दिनदेखि 'दलितलाई खोई' उल्लिखित प्लाकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका खगेन्द्र सुनारको आह्वानमा युवाहरू बिहीबार काठमाडौंमा भेला भएका हुन्।
उनले 'असोज ३ दलितका लागि एक दिन' अभियान घोषणा गरेका हुन्।
आजको प्रदर्शनमा खगेन्द्रबाहेकका अन्य युवाहरू पनि नेल लगाएर उपस्थित भएका छन्।
'नयाँ बानेश्वर पुगेर सभा गरेर आजको प्रदर्शन सकाउने योजना छ,' उनले भने।
खगेन्द्रले बिहीबार तीन हजारभन्दा दलित युवाहरू आन्दोलनमा सहभागी हुने जानकारी दिए।
हेर्नुस् तस्बिरहरूः
-ink-1726728516.jpeg)
-ink-1726728516.jpeg)
-ink-1726728515.jpeg)
-ink-1726728515.jpeg)
-ink-1726728515.jpeg)
-ink-1726728514.jpeg)
-ink-1726728515.jpeg)
-ink-1726728514.jpeg)
-ink-1726728514.jpeg)
-ink-1726728513.jpeg)
-ink-1726728513.jpeg)
-ink-1726728513.jpeg)
-ink-1726728512.jpeg)
-ink-1726728512.jpeg)
-ink-1726728512.jpeg)
-ink-1726728511.jpeg)
-ink-1726728511.jpeg)