कञ्चनपुरमा बाढीमा फसेर रूखमा बसेका पाँच जनाको सेनाले उद्दार गरेको छ।
लगातारको वर्षासँगै आएको बाढीले भीमदत्त नगरपालिकाको खल्लामसेटीमा बस्ने एकै परिवारका पाँच जना महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा सोमबार रातिदेखि फसेका थिए।
उनीहरू रूखमा बसेर १५ घण्टासम्म उद्दारको पर्खाइमा रहेकोमा मंगलबार साँझ ५ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्कालाई सकुशल उद्दार गरिएको बताए।
प्रतिकूल मौसमका कारणले उद्दारमा केही ढिलाइ भएको थियो।