सरकारले फिल्म हल र रात्रिकालीन व्यवसाय थप १५ दिन नखोल्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द हुने जानकारी गराएका हुन्।
उनले त्यस्ता व्यवसाय थप १५ दिनको संक्रमणको अवस्था हरेरमात्र आवश्यकताअनुसार पुनः सञ्चालनमा ल्याइने जनाए।
त्यस्तै सभा, सम्मेलन, जुलुस र धर्नाजस्ता कार्यक्रम पनि नगर्न मन्त्रालयले अपिल गरेको छ।
प्रवक्ता गौतमले मंसिरपछि कक्षा सञ्चालनमा ल्याउने विद्यालयहरूले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए।
त्यसरी कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरूले स्वास्थ्य सेवा विभागको समन्वयमा सिसिएमसीलाई जानकारी गराउनुपर्ने भनिएको छ।