कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट भागेका छन्।
अस्पतालले जानकारी गराएपछि अहिले सो व्यक्तिको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर टेकुले जानकारी दिएको छ। 'अस्पतालले खबर गरेपछि अहिले हामीले खोजि गरिरहेका छौं,' काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौंरले सेतोपाटीसँग भने।
कोरियाबाट आएका ती नेपालीलाई बुधबार विमानस्थलबाट कोरोनाको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको थियो। साधरण जाँचपछि उनलाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताएका थिए।
बुधबार नै एकजना युएईबाट आएका नेपाली र अर्का फ्रेन्च नागरिकलाई आइसोलेसनमा भर्ना गरिएको थियो। उनीहरू सबैको कोरोना परीक्षण बिहीबार गरिने अस्पतालले जनाएको थियो।