सल्यानस्थित सिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेको छ।
गएराति ११ देखि १२ बजेको समयमा गाउँपालिकामा रहेको रा १ झ १७० नम्बरको गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ। उक्त गाडीमा पूर्णरूपमा क्षति पुगेको छ।
'यो व्यक्तिगत रिसका कारण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,'जिल्ला प्रहरी कार्यालयका डीएसपी ढकेन्द्र खतिवडाले भने।'
अनुसन्धानमा कार्यालयमा राखेको सिसिटिभी फुटेज चेक गरे पनि रातिको समय भएर चिन्नमा समस्या आएको डिएसपी खतिवडाले बताए।
सिसिटिभीमा एक जना अज्ञात व्यक्तिले गाडीमा आगजनी गरेको र त्यस व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।