ताप्लेजुङमा भीरबाट लडेर एकको मृत्यु


ताप्लेजुङको सिदग्वा गाँउपालिका ४ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

सोमबार साझ भीरबाट लडेर स्थानीय ६३ वर्षिय कमल लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफन्तको घरबाट आफ्नो घर जाँदै गरेका लिम्बु राति ९ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.