मदिराको झोकमा श्रीमतीको हत्या


खोटाङको रूपाकोट मझुवागडी नगरपालिका ३ का मक्करध्वज राईले मदिराको नसामा श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले सोमबार साँझ श्रीमती अईसरा साईलाई बाँसको भाटाले हानेर हत्या गरेका हुन्।

मदिराले लट्ठ भएका राईले सामान्य बिवादमा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गर्ने राईलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.