‘खल्ती खाली हुँदा पनि धनी बनेको हुन्छु’

तस्बिर स्रोत : स्ट्रिट नेपाल


नाटक सिंहदरबारको टेन्डरमा उनी दार्जिलिङका ठेकेदार बनेका थिए।

मंगोलियन अनुहार भएका उनले भारतीय पात्रमा दुरुस्तै अभिनय गरेको देख्दा कलाकर्मी कमलमणि नेपाल चकित भए।

ती पात्र थिए भारतबाट नाटक सिकेर आएका श्रवण सिंह राणा। यो उनको दोस्रो नेपाली नाटक थियो।

कमलमणिले श्रवणलाई पहिलोपटक स्टेजमा देखेका थिए। उनको प्रशंसा नगरी मन थामिएन। भेट्न गए। झन् चकित भए।

श्रवण भारतीय पात्रबाट निस्किए पनि त्यही शैलीमै कुराकानी गरिरहेका थिए।

यो मान्छे खत्रा कलाकार रहेछ यार! मेथड कलाकारजस्तै। बाहिर पनि पात्रमा नै उत्रँदो रहेछ,’ कमलमणिले अचम्म मान्दै भने, ‘भारतबाट नाटक सिकेका कलाकार खत्रै पो हुने रहेछन्।

दुई वर्षअघिको यो घटना सम्झिँदा श्रवण रमाइलो लाज एकै पटक महशुस गर्छन्।  

मेरो बोल्ने शैली नै त्यस्तै थियो। निर्देशकले मधेसी टोन नै मन पराएर मलाई काम दिएका थिए,’ उनले भने, ‘धेरै पटक भेटेपछि मात्र कमलमणि सरलाई थाहा भयो। अनि हाँस्नु भयो।

करिब एक दसक भारतीय रंगमञ्चमा बिताएका श्रवण चार वर्षयता नेपाली नाटकमा जोडिएका छन्। नाट्यकर्मीहरू उनलाई फिजिकल ड्रामामा अब्बल मान्छन्। उनी केही नगरी उभिँदा पनि अभिनय गरेजस्तै देखिन्छन्,’ सहकर्मीहरू भन्छन्।

कला क्षेत्रमा सिर्जनात्मक ओज राख्नेभन्दा मिडियामा हल्लाखल्ला मचाउने कलाकार नै हाबी छन्। यस्तो अवस्थामा क्षमता भएका सृजनशील कलाकार गुमनाम हुने नै भए।

श्रवण तिनैमध्येका प्रतिनिधि पात्र हुन्।

अजमर्गहमा जन्मिएका श्रवणको बाल्यकालदेखि युवा अवस्थाका दुई चरण भारतको उत्तर प्रदेशमा बित्यो। हजुरबुवा भारतीय सेना भएकाले प्यूठानबाट उनको परिवारै भारत पुग्यो। श्रवण उतै जन्मिए।

पारिवारिक पृष्ठभूमि अभिनयभन्दा फरक धारको थियो। उनलाई यसले फरक पारेन। उनी कमिक्सका पात्रमा हराउँथे रमाइला जोक पढ्दै हाँस्थे। मन परेका पात्र आफैं बनेको कल्पना गर्थे।

यी कल्पनाका पात्र यथार्थ बनाउने माध्यम बन्योनाटक। नाटकमा उनी कहिले चोर, कहिले सिपाही कहिले राजा बन्थे। यसैको मोहमा परे।

आफूभन्दा फरक किसिमको पात्र बन्न पाइन्छ,’ उनले भने, ‘खल्ती खाली हुँदा पनि धनी बनेको हुन्छु। राजा बनेर कहिले अरूलाई हुकुम दिइन्छ। निकै रमाइलो हुन्छ।

चाबहिलमा उनको डेरा छ। त्यहीं नजिकैको क्याफेमा बसेर उनी यी सबै बताइरहेका थिए। निकै मसिनो स्वरमा तौलिएझैं उत्तर दिइरहेका श्रवण आफू सानोमा आवराभएकैले नाटकसँग जोडिएको बताउँछन्।

सानोमा मेरो साथी संगत नै आवरा थियो। रातिसम्म केही मतलब नै नगरी उनीहरूसँग डुल्थें। चकचके पनि थिए। एकदिन सलाइको काँटीसँग खेलिरहेको बेला मेरो आफ्नै घरमा सल्कियो। परालको घर बल्न धेरै समय लागेन। बुवा दाइ घरभित्र सुतिरहनु भएको थियो। निकै गाली खाइयो,’ पुराना दिन सम्झँदै उनले भने।

नाटकसँग जोडिन उनको साथी सगंतले नै जुरायो। कक्षा १० सकिएर बरालिइरहँदा उनले त्यही समूहका साथी बलन्दु राणा भेटे। उनैले नाटयकर्ममा डोर्‍याएको उनी बताउँछन्।

श्री राम सेन्टरमा अभिनय विधाको डिप्लोमा कोर्समा श्रवण भर्ना भए। भारतको ओडिसास्थित सूत्रधार नाटकघरमा जोडिए।

जीवनको पहिलो काम उनले सूत्रधारमा नै पाए तर यो पहिलो काम उनलाई सम्झन मन लाग्दैन।

पहिलो कामबारे के कुरा गर्नु,’ उनले भने, ‘भारतको परिचित नाटक घरमा केके गरौंला भनेर गएको थिएँ। त्यहाँ स्टेज सफा गर्ने, चिया बनाउने, झाडु लगाउने काम गर्नुपर्थ्यो। जीवन नै नाटकमय बन्यो। , फिटिक्कै मनपरेन।

यता जीवनको नाटकबाट दिक्दार हुँदै गर्दा उनलाई रंगमञ्चका नाटक मनपर्न थाल्यो। चरनदास चोरमा अभिनय गर्ने पहिलो अफरपाए। त्यही समय बुवा बिरामी भएका कारण नाटक हातबाट छुट्यो।

पछि नाटक हवलादमा दोस्रो अफरपाए। यो नै उनको जीवनको पहिलो नाटक बन्यो। नाटक सकिएपछि भने आफू बेस्सरी रोएको उनी बताउँछन्।

त्यो खुसीको आँशु भने थिएन। पहिलो नाटकका लागि यति धेरै मिहिनेत गरेको थिएँ। तर नाटक मञ्चन क्रममा संवाद नै भुलें,’ रोएको त्यो क्षण उनले हाँस्दै सम्झिए।

उडिसामा वर्ष नाटककर्म गरेपछि उनी दिल्ली पुगे। तीन वर्ष दिल्लीमा रहँदा अन्धोयुग, सर्युकी धार, बकरी, एक था राजा लगायत थुप्रै नाटक गरे।

दिल्लीमै हुँदा उनले एनएसडि (नेशनल स्कुल अफ ड्रामा) मा नाटक किगं लियरका लागि अडिसन दिए। अतिथि कलाकारका रुपमा छनोट भए। यही छनोटले उनलाई नेपाली नाटकसँग जोडिन सघायो।  

नेपाली नाटककर्मी विमल सुवेदीसँग त्यही बेला भेट भएको थियो,’ उनले भने, ‘उनीसँगको भेटले नै मलाई नेपालमा नाटककर्मका लागि फर्कायो।

यो २०७० सालतिरको कुरा हो।

तस्बिर :स्ट्रिट नेपाल

भारतीय अभिनेता आमिर खानको फिल्म पिकेमा एउटा मंगोलियन अनुहारको खोजी भएको थियो। साथीहरुले फिल्मका लागि श्रवणलाई अडिसन दिन सुझाए। भारतीय नाटकघरमा अभिनयको अनुभव बटुलिरहेका श्रवणको मंगोलियन अनुहार थियो नै भारतीय भाषामा पनि दख्खल थियो।

उनले अडिसन भने दिएनन्।

फिल्ममा छनोट हुने नहुने नै टुंगो थिएन। समय बर्बाद गर्न चाहिनँ,’ उनले भने, ‘आमिर खान फिल्ममा छन् भन्ने मलाई प्रदर्शनमा आएपछि मात्र थाहा भयो।

उनी त्यसैबेला नेपाल आए, थिएटर भिलेजमा जोडिए।

भारतबाट नेपाली रगंमञ्चमा आएका उनलाई एउटै समस्या बन्योभाषा।

सुरुआतमा नेपाली भाषा राम्ररी बुझ्नै समय लाग्यो,’ उनले भने, ‘सानैदेखि भारतमा बसेकाले बोल्ने टोनमा पनि समस्या थियो। यसैले ब्याक स्टेजमा लाइट, स्टेज लगायत काम पाएँ।

चार वर्ष नेपाली नाटकमा रहे पनि दुई वर्षअघि मात्र उनले पहिलो नाटकमा अभिनय गर्ने अवसर पाए मोहनविक्रम केसीले लेखेको नाटक कथा देश .मा उनले अभिनय गरे। उनको अभिनय क्षमता बुझेर नै निर्देशकले पात्र सुहाउँदो स्क्रिप्ट कोरेका थिए। अमेरिकामा पान बेच्ने पानवाला उनको भूमिका थियो।  

योबाहेक ह्याम्लेट, मालिनी, सिहंदरबारको टेन्डरलगायतका नाटक उनले गरेका छन्। भारतीय नाटक सैयौंकी धार’, ‘अलाद खान’, ‘अन्धोयुगलगायतमा उनी प्रमुख भूमिकामा थिए। तै नेपालमा भने राम्रो भूमिका पाइरहेका छैनन्

केही समययता थिएटर भिलेज पनि बन्द छ। यस्तोमा उनी कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीलाई फिजिकल ड्रामासिकाइरहेका छन्।  

आवाज अभिव्यक्ति नाटकको अभिन्न भाग हो। फिजिकल ड्रामामा विद्यार्थीलाई त्यही सिकाइरहेछु,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.