हिमानी ट्रष्टले जुम्लामा बर्थिङ सेन्टर बनाउने भएको छ।
जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १ मणिसाँघुमा बन्ने बर्थिङ सेन्टर भवनको आइतबार पूर्वयुवराज्ञी हिमानी शाहले शिलान्यास गरेकी छन्।
उक्त कार्यक्रमका लागि छोरा हृदयेन्द्रसहित हिमाली शनिबार जुम्ला पुगेकी थिइन्।
कार्यक्रममा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘पूर्वयुवराज्ञी हिमानी र र पूर्वनवयुवराज हृदयेन्द्रले जुम्लामा उदाहरणीय काम गरेको’ बताए।
गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बर्थिङ सेन्टर निर्माण गर्न लागेकोमा धन्यवाद दिए।
वडा नम्बर १ का अध्यक्ष अजुन महताराले बर्थिङ सेन्टर निर्माणपछि सञ्चालन हुँदा गाउँघरका महिलालाई सहज हुने बताए।