भष्ट्र र आचरणहिन प्रहरी सेवामा रहनुको कुनै औचित्य छैनः एसएसपी पोखरेल


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले भष्ट्र र आचरणहिन प्रहरी सेवा रहनुको कुनै औचित्य नरहेको बताएका छन्।

शनिबार काठमाडौंको चाबहिलस्थित गंगाहिटिमा भएको सार्वजनिक सुनाई कार्यक्रममा एसएपी पोखरेलले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सवैभन्दा पहिले प्रहरीले नै आफ्नो आचरण सुधार्नुपर्ने बताएका हुन्।

‘अरूले जुवा खेल्दा र रक्सी खाएर हल्ला गर्दा पक्राउ गर्ने प्रहरीले आफूले पनि जुवा खेल्न र रक्सी खान छोड्नुपर्छ,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.