पृथ्वीकाे तापक्रम दिनप्रतिदिन बढ्दै गएकाे तथ्य वैज्ञानिकहरूले बताएका छन्। मानवीय जीवनशैली तथा विकास कार्यका कारण नै यसरी तापक्रम बढेकाे वैज्ञानिकहरूले बताएका हुन्।
अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन्। १६७ वर्ष यताको तथ्यांकलाई हेर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको यी दुई संस्थाले बताएका हुन्।
सामुद्रिक मौसम परिवर्तनको चक्र ‘अल नीनो’ बिनानै गर्मी बढेकाले चिन्ता थपिएको बेलायती मौसम विभागका कार्यकारी निर्देशक पीटर स्टोटले जानकारी दिए। ‘यस्तो हुनमा उनले भने, प्राकृतिक जलवायु प्रक्रियामा मानवीय गतिविधिको असर बढ्नु हो।’
‘अल नीनो’ प्रभावित सन् १९९८ भन्दा पनि बढी तातो २०१७ को वर्ष रहेकामा वैज्ञानिकहरु आश्चर्यमा परेका हुन्। उता नासाले ‘अल नीनो’कै कारण अन्टार्कटिकामा वर्षेनी दश इन्च हिउँ पग्लिरहेको दावी गरेको छ।