नवराज सिलवालले गाेदावरीमा भोट हाले


एमाले नेता तथा पूर्व डिआजी नवराज सिलवालले गोदावरी नगरपालिका वडा नम्बर २ किटनी मतदानकेन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधि सभाका लागि ३ क्षेत्र रहेको ललितपुर १ बाट सिलवाल वाम गठबन्धनको उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेसले ललितपुर १ बाट उदयशमशेर राणालाई चुनावमा उठाएको छ।

भोट हालेपछि पत्रकारसँग कुरा गर्दै सिलवालले देशलाई आर्थिक समृद्धिको पथमा अगाडि लैजाने पार्टी एमाले भएको बताए। सबैतिर चरम राजनीतिक हस्तक्षेप भइरहेको भन्दै उनले त्यसलाई चिर्न आफूले उमेद्वारी दिएको सुनाए।

मुलुकलाई विकसित बनाउन, विकास निमार्णका काम अघि बढाउने आफ्नो मुख्य प्राथमिकता रहेको उनले सुनाए। घुसखोरी छ। र अन्यायपुर्ण भेदभाव अन्त्य गर्न आफु लाग्ने सिलवालले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.