दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन


किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।

एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । उनीहरु दुबै जनाको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको थिए। उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त  भएका थिए।  (रासस/सिन्ह्वा)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.