काँग्रेस तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १०७ जना सिफारिस


आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस तनहुँले १०७ जनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहना राख्नेको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि स्थानीय तह र क्षेत्रीय कार्य समितिको नाम संकलनका आधारमा जिल्ला कार्यसमितिले निर्णय गरी १०७ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ तनहुँ क्षेत्र नं १ बाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र सांसद रामचन्द्र पोख्रेल लगायतको नाम सिफारिस गरिएको उनले बताए।

त्यस्तै निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सांसद एवं नेपाली काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्ले, केन्द्रीय सदस्य प्रदीप पौडेल, तरुण दलका पूर्वमहामन्त्री पुष्पराज पराजुली, काँग्रेस तनहुँका उपसभापति जीतप्रकाश आले लगायतको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.