समाजवादी फोरमका उपमहासचिव साह कांग्रेसबाट निर्वाचन लड्ने


संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप साह मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचन लड्ने भएका छन्। साहले समाजवादी फोरम त्यागेर नेपाली कांग्रेसमा प्रवेश गर्ने पक्कापक्की भइसकेको छ।

‘म नेपाली कांग्रेसमा जाने पक्कापक्की भइसकेको छ। मैले बिगतदेखि नै कांग्रेस प्रवेश गर्ने सोच बनाएको थिएँ। अहिले मिलेको छ,’ साहले सेतोपाटीसँग भने, ‘मेरो पारिवारिक पृष्ठभूमी पनि कांग्रेस नै हो। मेरो जिजुबा त कांग्रेस संस्थापक नै हो।’  साहका हजुरबुबा शिवप्रताप साह नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएका थिए।

मधेसकेन्द्रित दलहरु जातिवादी भएकोले आफूले लोकतान्त्रिक पार्टी कांग्रेस रोजेको उनले बताए। ‘पार्टीमा जातिवाद हावी भयो। पार्टीका नेताहरुले पूर्वलाई बढी प्राथमिकता दिए,’ उनले भने, ‘पश्चिम तराईतिर उनीहरुको ध्यान नगएकोले हामीले पनि पार्टी छोड्न पर्‍यो।’ साह यसअघिको दुवै निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर पाँचबाट निर्वाचित भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.