पुष्पकमल दाहालले २२ वर्षपछि लगाए दसैंको टीका


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष दसैंको टीका लगाएका छन्। २२ वर्षपछि उनले टीका लगाउँदै श्रीमती सीतालाई पनि लगाइदिएका छन्।

दाहाल पुत्र प्रकाश दाहालले फेसबुकमा टीका लगाएका तस्बिरहरू राख्दै पूरा परिवार  भेला भएर दसैंको टीका लगाएको सार्वजनिक गरेका हुन्। प्रचण्डले सीतालाई टीका लगाइदिएको तस्बिरका साथै सीताले प्रकाश, छोरी रेणु र परिवारका अन्य सदस्यलाई टीका लगाइदिएको तस्बिर फेसबुकमा छन्।

प्रचण्डले दसैं नमनाएका भन्दै विगतमा हिन्दुवादीहरूले विरोध गर्दै आएका थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.