बल्ल राजनीतिक स्थायित्व आयो: देउवा

फाइल तस्बिर


प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रिया लगभग टुंगिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको बताएका छन्।

दसैं अवसरमा शुभकामना सन्देश दिँदै देउवाले जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको पनि उल्लेख गरे। उल्लासमय शरद ऋतुको महान् चाड दसैंको अवसरमा सबैको सुख, शान्ति र समृद्धिको उनले कामना गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.